arrow

उम्मेदवार टुङ्गो लगाउन काँग्रेसले सात प्रदेशमा सात सहमहामन्त्री खटाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३० बुधबार
congress-working-committee.jpg
तस्बिर : रासस

काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सह महामन्त्रीलाई उम्मेदवारको टुङ्गो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ। आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाउन वैशाख ३ गते सह महामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो।

उनीहरूलाई प्रदेशमा उम्मेदवार टुङ्गो लगाउने जिम्मेवारी दिइएको छ  प्रदेशमा उम्मेदवारको टुङ्गो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुङ्गो लगाउने निर्णय गरेको छ।

वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ