arrow

कर्णालीमा कति मतदाता ?

logo
हेमन्त केसी,
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
karnali-pradesh-province-always.jpg
फाइल तस्बिर

सुर्खेत। कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको सङ्ख्य समेत कम छ। अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको सङ्ख्या कर्णालीमा कम देखिएको हो। कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन्।

रुकुम पश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए।

डोल्पामा महिला मतदाता सङ्ख्या ११ हजार ३ सय ७९ , पुरुष ११ हजार ६१ जना रहेका छन् । त्यस्तै सुर्खेतमा महिला मतदाता सङ्ख्या १ लाख ११ हजार ७ सय १८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन् । रुकुम पश्चिमा महिला ४५ हजार ७ सय ९९ र पुरुषको सङ्ख्या ४६ हजार ५ सय ४७ मतदाता रहेका छन् । 

सल्यानमा महिला मतदाता सङ्ख्या ७७ हजार ८ सय ११ र पुरुषको सङ्ख्य ७९ हजार ९०४ रहेको छ । मुगुमा १६ हजार ७ सय ९५ र पुरुषको सङ्ख्या १८ हजार १ सय ६७ रहेको छ । जाजरकोटमा महिलाको सङ्ख्या ४९ हजार ९, पुरुषको सङ्ख्या ५४ हजार ८ सय ५८ छ ।  दैलेखमा महिला मतदाता सङ्ख्याको सङ्ख्या ७४ हजार ६ सय ८९ रहेको छ भने पुरुषको सङ्ख्या ७४ हजार ३८ रहेको छ । 

कर्णाली प्रदेश भरीको महिला मतदाता सङ्ख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको सङ्ख्या ४ लाख ५९ हजार ४०१ रहेको छ । ९ लाख ८ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ । जुम्लामा, हुम्लामा र कालिकोटको मतदाता सङ्ख्या प्रदेश निर्वाचन कार्यालयको साइटमा राखिएको छैन । कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ