arrow

मुगुमा गठबन्धन दलहरुबीच हुन सकेन सहमति

logo
खड्क सुनार,
प्रकाशित २०७९ वैशाख ३ शनिबार
mugu.jpg.png
फाइल तस्बिर

मुगु। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनमा मुगुका चार दल छलफलमै व्यस्त छन्। केन्द्रबाटै जिल्लामा स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरू छलफलमा व्यस्त बनेका हुन्।

तालमेलको विषयमा छलफल गर्न नेपाली काँग्रेसका जिल्ला सभापति ऐन बहादुर शाही, एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य कर्णाली प्रदेशका सह इन्चार्ज तथा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाही, नेकपा माओवादी केन्द्र र जसपाका जिल्ला स्तरीय नेताहरू छलफलमा जुटेका हुन्।

उनीहरूले तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गरेको करिब एक हप्ता भई सकेको छ। तर हालसम्म टुंगो लाग्न सकेको छैन। 
शुक्रवार दिउँसो बसेको गठबन्धनको बैठकमा पनि कुनै सहमति जुट् सकेन। बैठक शनिवार बिहान ७ बजे पुन बस्ने काँग्रेसका जिल्ला सभापति शाहीले बताए। 'हामी भोलि नै टुङ्गो लगाउँछौँ, र भोलि नै केन्द्रमा तालमेलको विषयमा जानकारी गराउँछौँ ' उनले भने।

निर्वाचन नजिकिँदै जाँदा यति खेर उम्मेदवार छनोटमा जानु पर्ने हो। तर उनीहरू उम्मेदवार त परै जाओस् तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन्।

कर्णाली प्रदेशका सत्तारूढ दलहरूले आज भागबन्डाको लागि निर्णायक छलफल सुरु गरेका छन्। कर्णालीका सबै जिल्लामा गठबन्धनको बैठक सुरु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ