arrow

निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ३ शनिबार
dinesh_thapaliya.jpg
फाइल तस्बिर

जनकपुर। प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचन रोकिन सक्ने आशङ्का पुनः व्यक्त गरेका छन्।

जनकपुरमा आयोजित निर्वाचनसबन्धी मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले तोकिएको मितिमा निर्वाचन रोकिने आशङ्का व्यक्त गर्दै माहौल बनाउन मिडियाले भूमिका खेल्नु पर्ने बताएका छन्।

‘घोषित मितिको निर्वाचन रोकिएको खण्डमा मुलुक र लोकतन्त्र दुवै दुर्घटनामा पर्छ, त्यसैले निर्वाचन रोकिनु हुन्न,’ प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचनको माहौल बनाउने मिडियाले हो, अहिलेसम्म मिडियाले माहौल बनाएको छ, त्यसका लागि तपाईँहरू सबैलाई धन्यवाद।’

स्थानीय तहको निर्वाचन आउन २७ दिन बाँकी रहँदा  प्रमुख आयुक्तले निर्वाचन रोकिए दुर्घटनामा पर्ने निरन्तर अभिव्यक्ति दिइरहेका छन्। गत साता पनि विराटनगरमा निर्वाचन स्थगित गर्न नहुने तथा स्थगित भएमा मुलुक दुर्घटनामा जाने अभिव्यक्ति दिएका थिए।  प्रमुख आयुक्तका अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले गम्भीर रूपमा  हेरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ