arrow

अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउनै कठिन

logo
हरिप्रसाद भुसाल,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
arghakhanchi-5-parties.jpeg

अर्घाखाँची। अर्घाखाँचीका स्थानीय तहमा गठबन्धनबाट को को उम्मेदवार हुने भए ? जिल्लाभर यही विषयमा चर्चा परिचर्चा एवं छलफल हुने गरेको छ। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन्।

साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्विप गर्ने योजनमा रहे पनि भागबन्डामै अल्झिदा चुनावी माहौल समेत बन्न सकेको छैन।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको दाबी मिलाउन नसक्दा बाँडफाँटमा ढिलाइ भइरहेको नेपाली काँग्रेसका एक नेताले बताए। यद्यपि, चाडै टुङ्गाउने प्रयास भइरहेको उनको भनाइ छ।

'विभिन्न चरणमा छलफल भइरहेका छन् । सहमतिमा पुग्ने प्रयास जारी छ ।' नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने 'सम्भवत आज साँझसम्म केही न केही निष्कर्ष आउँछ ।'

कहाँ अड्कियो ?
विगतमा आफूले जितेका सन्धिखर्क नगरपालिका, भूमिका स्थान नगरपालिका र शितगंगा नगरपालिकामा सोही अनुसारको हैसियत माओवादी केन्द्रले दाबी गरिरहेको छ भने मालारानी समेत पालिका प्रमुख र उपप्रमुखसहित केही केही वडामा माओवादीको दाबी छ।

विगतमा एमालेले जितेका स्थान दाबी गरेको नेकपा एकीकृत समाजवादीले सन्धिखर्क र मालारानीमा  नेतृत्व मागिरहेको छ। सकेसम्म दुई पालिकासहित केही वडा मागिरहेको एकीकृत समाजवादीले कम्तीमा एक पालिका छोड्नै नसकिने जनाएको छ।

गत निर्वाचनमा भूमिका स्थानमा राम्रो मत पाएको र कार्यपालिकामा बहुमत भएको राष्ट्रिय जनमोर्चाले भूमिका स्थानसहित अन्य पालिकामा दाबी गरेको छ। जनमोर्चाले भूमिका स्थानको नेतृत्वसहित पाँच वडा दाबी गरेको छ। त्यस्तै, मालारानीमा उपाध्यक्ष र सन्धिखर्कमा उपप्रमुखसहित केही वडामा जनमोर्चाको दाबी छ।

एमाले प्रवेश गरेका टोपबहादुर रायमाझीलाई यस पटक सङ्घीय संसद् छिर्नबाट रोक्ने मनसाय बोकेको माओवादी केन्द्र जसरी पनि गठबन्धन कायम गर्ने पक्षमा छ। यद्यपि, माओवादीले बढी भाग खोजेका कारण गठबन्धन नै सङ्कटमा परेको ती नेताले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ