arrow

हुम्लामा गठबन्धन भत्कियो, नेताहरूबीच स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति

logo
सुरेस परियार,
प्रकाशित २०७९ वैशाख ५ सोमबार
humla-five-parties.jpg

हुम्ला। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलबीच चुनावी तालमेल गर्ने भनिए पनि जुम्लामा भने गठबन्धन नहुने भएको छ। स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शिवराज शर्माले बताए।

वार्तामा सहभागी दलका अनुसार तीन दलबीच भएको बैठक गाउँपालिका बाँडफाँटमा कुरा मिल्न नसकेपछि स्थानीय आवश्यकताका आधारमा समीकरण गर्ने निर्णय भएको छ।
सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको माओवादी केन्द्र हुम्लाका संयोजक डा. दीपेन्द्र रोकायाले जानकारी दिए।

उनले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गाउँपालिका बाँडफाँटमा कुरा नमिलेपछि बैठक उपलब्धिपूर्ण हुन नसकेको काँग्रेसका हुम्ला सभापति मोहनविक्रम सिंहले बताए।

एकीकृत समाजवादीले राखेको काँग्रेस र माओवादीबीच तीन–तीन गाउँपालिका र एकीकृत समाजवादीलाई एक गाउँपालिका दिनुपर्ने प्रस्तावमा काँग्रेस सहमतिमा पुगे पनि माओवादीले मानेको र माओवादी चार वटा गाउँपालिका आफूले पाउनु पर्ने अडान राखेका कारण बैठकले भागबन्डा मिलाउन नसकेको काँग्रेस उपसभापति वसन्त रोकायाले बताए।

सात वटा स्थानीय तह रहेको हुम्लामा ०७४ को निर्वाचनमा माओवादीले चार पालिकाको अध्यक्ष, एक उपप्रमुख र १८ वडाध्यक्षसहित एक सय पदमा जितेको थियो। काँग्रेसले दुई गाउँपालिका प्रमुख, एक उपप्रमुख ११ वडाध्यक्षसहित ७६ पदमा जित्दा एमालेले एक पालिकाको अध्यक्ष, तीन उपाध्यक्ष र १० वडाध्यक्षसहित ५० पदमा चित्त बुझाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ