arrow

झलनाथ खनालकै क्षेत्रमा काँग्रेसद्वारा गठबन्धन अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
jhalanath-khanal-ncp-s.jpg
फाइल तस्बिर

इलाम। इलामको सूर्योदय नगरपालिकाको नेपाली काँग्रेसका वडा सभापतिले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गर्न नसकिने घोषणा गरेका छन्। काँग्रेसको १४ वटै वडाको वडा सभापतिको बैठकले गठबन्धन गर्न नसकिने घोषणा गरेका हुन्।

गठबन्धन कार्यान्वयन भएमा सूर्योदयको प्रमुख नेपाल कम्युनिस्ट पार्टी नेकपा एसले पाउने सम्भावना थियो। जिल्ला तहमा भइरहेको बैठकमा पनि नेकपा एसले सूर्योदयको प्रमुखमा दाबी गर्दै आएको थियो।

नेकपा एसका नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयमा नेकपा एसबाट रणबहादुर राई नै उम्मेदवार हुने चर्चा छ। राई यसअघि नेकपा एमालेबाट नगरपालिकामा निर्वाचित भएका थिए।

नेकपा एमाले विभाजन हुँदा राई सहित एमालेबाट निर्वाचित बहुसङ्ख्यक जनप्रतिनिधि नेकपा एसमा गएका थिए। त्यसैले सूर्योदयमा नेकपा एसले प्रमुखमा दाबी गर्दै आएको थियो।  तर, काँग्रेसका वडा सभापतिले गठबन्धन अस्वीकार गर्ने निर्णय गरेपछि सूर्योदय नगरपालिकामा गठबन्धन धरापमा पर्ने देखिएको छ।

सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत रहेका वडा सभापति लेखनाथ खड्काको अध्यक्षतामा भएको बैठकले गठबन्धन नेपाली काँग्रेसका सदस्य तथा मतदाताको भावना विपरीत रहेको ठहर गरेको छ।

वडा सभापतिहरूको बैठकले गठबन्धन भए सैद्धान्तिक र व्यवहारिक पक्षमा समेत समन्वय हुन नसक्ने, केन्द्रको निर्देशन अनुसार सूर्योदयमा गठबन्धन गर्न आवश्यकता र अवस्था समेत नरहेको वडा सभापतिहरूले निष्कर्ष निकालेका छन्।

इलामको अन्य पालिकामा समेत गठबन्धन हुने सम्भावना न्यून बन्दै गएको छ। काँग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय तहको निर्वाचनमा बढी सिट दाबी गरेको भन्दै काँग्रेस नेताहरूले असन्तुष्टि सार्वजनिक गर्न थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ