arrow

पोखराको मेयर नपाए एमालेसँग मिल्छौं : कास्की एसका अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ५ सोमबार
NCP-united-socialist-madhav-nepal.jpg

पोखरा। आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा सोमबार कास्की चर्चामा रह्यो। काँग्रेस सचिव द्वयको विज्ञप्तिले बिच्किएको गठबन्धनमा अर्को एउटा समस्या थपियो। घटना थियो एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यको वक्तव्य। उनले मेयर आफूले नपाए एमाले जान सक्ने धम्की दिए।

बैठकमा गठबन्धनका दलले अपमान गरिरहे एमालेसँग मिल्न सक्ने अध्यक्ष आचार्यले चेतावनी दिएको गठबन्धनका अरू सदस्यहरूले बताएका छन्। केन्द्रबाट काँग्रेस र एकीकृत समाजवादी दुवैले मेयरमा उम्मेदवार उठाउने र माहौल हेरेर एउटाले फिर्ता लिने छलफल चलेको खबर पाएपछि आचार्यले उक्त प्रस्ताव ठिक नहुने बताएका हुन्।

‘माधवजीले काँग्रेस र एसका उम्मेदवारले उम्मेदवारी दिन लगाउने र जसको माहौल राम्रो हुन्छ, उसैलाई अगाडी बढाऔँ भन्नुभएछ। त्यो कुरा मैले यहाँ सुनाएँ, र हुन्छ भनेँ,’ काँग्रेस सभापति किशोरदत्त बराल भन्छन्, ‘धनराज जीले नेताहरूलाई फोन गर्नुभयो। त्यसपछि नोमिनेसन नै गर्दिनँ। हामी कुनै पनि ठाउँमा दर्खास्त दिँदैनौँ बरु एमालेसँग मिल्छौँ भन्नुभयो।’

काँग्रेसले कास्कीमा एकीकृत समाजवादीसँग गठबन्धन गर्न नसकिने विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको छ।



नयाँ