arrow

बर्दियाको राजापुर नगरपालिकामा कांग्रेसबाट मेयरमा १२ र उपमेयरमा ६ जना सिफारिस  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
rajapur-bardiya.jpg

नेपालगन्ज । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियाको राजापुर नगरपालिकाको मेयरका लागि कांग्रेसले १२ जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा ६ जना सिफारिस भएका छन् । 

राजापुर  नगर सभापति महेश कुमार चौधरीले कांग्रेसको केन्द्रीय परिपत्र अनुसार माथिल्लो तहमा नाम सिफारिस गरिएको बताए । 

मेयरमा दीपक जङ्ग शाह , चन्द्र ध्वज जी.सी,  छप्पु सिंह थारु , प्रतिमा चौधरी , धनिराम गिरी , मदन कुमार थारु , भोजराज जोशी , प्रेमलाल थारु , रमन कुमार रेग्मी , जगतराम थारु चौधरी , भागिराम थारु र धर्मराज जैसी को नाम सिफारिस गरिएको छ । 

यस्तै उपमेयरमा तारा चौधरी  यशोदा थारु, शिवानी चौधरी , माया भट्टराई , कमला न्यौपाने र  पूजा गुरुङ सिफारिस भएका छन् । 

कांग्रेस विधान अनुसार नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ