arrow

गठबन्धनबीच महानगरपालिकाको सहमतिः तीन वटा कांग्रेस र एक–एक वटा माओवादी, समाजवादी र जसपालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
gathabandhan baithak-balwatar.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । मंगलबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति जुटेको हो । 

सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक-एक वटा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाको भागमा परेको छ ।  

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ । यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगञ्ज महानगरपालिका परेको छ । 

भागबण्डा मिलाउन सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै आएको थियो । मंगलबारको बैठकमा भने नेताहरु भागबण्डा मिलाउन सफल भएका हुन् । 

केन्द्रमा यो भागबण्डा मिलेको भए पनि स्थानीय तहमा भने नेताहरुको मत फरक रहेको छ । विशेष गरी नेपाली कांग्रेसले पोखरा र भरतपुर नछाड्ने जनाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ