arrow

भरतपुर माओवादीको भागमा पर्ने भएपछि रेणु दाहालले ल्याइन् चुनावी गीत [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
renu dahal.jpg

चितवन । सत्ताधारी गठबन्धनबीच भरतपुर महानगरपालिका फेरि पनि माओवादी केन्द्रको भागमा जाने भएपछि वर्तमान मेयर एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डकी पुत्री रेणु दाहालले चुनावी गीत नै सार्वजनिक गरेकी छिन् । 

गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ । विशेषगरि हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा उतारिएको छ ।

यस गीतको भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशालालगायत स्थानमा छायाँकन गरिएको हो । भिडियोमा स्वयं मेयर दाहाललाई देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी लगायतको अभिनय छ ।

भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरेका छन् । नृत्य निर्देशक रविन  शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका छन् । सन्तोष देउजाको शब्द रहेको यस गीतमा विष्णु खत्री र टीका पुनले स्वर दिएका छन् । गीतमा प्रदिप त्रिपाठीले संगीत भरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ