arrow

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ७ बुधबार
local-level-election-everytime.jpg

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । 

जिल्ला निर्वाचान कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा मतदात केन्द्रमध्ये सबैभन्दा बढी जिल्लाको वीरगञ्ज महानगरपालिकामा ५५ मतदानस्थल र १४३ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए । 

यसैगरी सबैभन्दा कम जिल्लाको पकहामैनपुर गाउँपालिकामा छ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ । 

यसैगरी क्रममा पोखरीयामा ११ मतदानस्थल र २४ मतदान केन्द्र, बहुदरमाईमा ११ मतदानस्थल र २८ मतदान केन्द्र तथा पर्सागढी नगरपालिकामा १२ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको हो । 

यसैगरी विन्दवासनीमा नौ मतदानस्थल र २० मतदान केन्द्र, पकहामैनपुरमा छ मतदानस्थल र १५ मतदान केन्द्र धोवनीमा सात मतदानस्थल र १६ मतदान केन्द्र , छिपहरमाईमा आठ मतदानस्थल र २० मतदान केन्द्र, कालिकामाईमा नौ मतदानस्थल र १८ मतदान केन्द्र, जगरनाथपुरमा ११ मतदानस्थल र २३ मतदान केन्द्र, जिराभवानीमा ११ मतदानस्थल र २३ मतदान केन्द्र, पटेवासुगौलीमा आठ मतदानस्थल र १७ मतदान केन्द्र, सखुवाप्रसौनीमा सात मतदानस्थल र २१ मतदान केन्द्र तथा ठोरी गाउँपालिकामा सात मतदानस्थल र १७ मतदान केन्द्र निर्धारण गरिएको छ । 

आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाको महत्वपूर्ण भूमिका हुनुपर्नेमा कार्यालय कार्यालय प्रमुख झाले बताए । 
 
जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता छन् ती मध्ये पुरुष मतदाता एक लाख ९१ हजार ५३७ र महिला मतदाता एक लाख ४८ हजार २८३ र अन्य मतदाता १६ छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ