arrow

बेलबारीमा कांग्रेसले मेयर पद नछाड्ने बरु गठबन्धन नगर्ने 

logo
विवेक मिश्र,
प्रकाशित २०७९ वैशाख ७ बुधबार
belbari-congress.jpg

मोरङ । स्थानीय निर्वाचनमा मोरङको बेलबारी नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने र एक्लै लड्ने तयारी गरेको छ । गठबन्धन गर्दा बेलबारीको मेयरमा नेकपा माओवादीले दाबी गरेपछि कांग्रेसले यस्तो तयारी गरेको हो । 

बुधबार दिउँसो नेपाली कांग्रेस बेलबारीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नगर समितिले कुनै पनि हालतमा बेलबारीको मेयरमा दाबी नछोड्ने र यदि त्यस्तो भए गठबन्धन तोड्ने जनाएको छ । 

नगर सभापति छत्र लिम्बुले गठबन्धनको लागि वार्ताको ढोका खुल्ला भए पनि प्रमुख पदमा भने आफूहरूको दाबी रहने र सो पद छोड्नुपरेमा गठबन्धन नै तोड्ने जनाए । सभापति लिम्बुले भने “गठबन्धन गर्नुपर्ने अवस्था आएमा आवश्यकता अनुसार कुनै एक दल सँग मात्र पनि चुनावी तालमेल हुन सक्छ”। 

यसैबिच पार्टीले बेलबारीले ११ वटा वडामध्ये ५ वटा वडामा उम्मेदवार टुङ्गो लगाएको छ । कांग्रेसले बेलबारी २ मा मणिसुन्दर थापा,३ मा रिक्त बहादुर गुरुङ,४ मा चन्द्र लिम्बु,६ मा टेकबहादुर राई र ११ मा विक्रम बान्तवा राईलाई सर्वसम्मत उम्मेदवार बनाएको नेपाली कांग्रेस बेलबारी नगर सभापति छत्र लिम्बुले जानकारी दिएका छन् । 

सभापति लिम्बुका अनुसार अन्य वडामा समेत सर्वसम्मतको प्रयास भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ