arrow

धुर्कोटमा गठबन्धन बनेन, कांग्रेस र माओवादीका छुट्टाछुट्टै अध्यक्ष सिफारिस 

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
bhupal-mahendra-bhandari.jpg
तस्बिर– बायाँ भुपाल, दायाँ महेन्द्र ।

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा नेपाली कांग्रेसबाट महेन्द्रप्रसाद भण्डारी सर्वसम्मत सिफारिस भएका छन् । गाउँ समितिको मंगलबार बसेको बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको सभापति हरिबहादुर थापाले जानकारी दिए । 

भण्डारी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि हुन् । धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले हालका अध्यक्ष भुपाल पोखरेललाई सर्वसम्मत सिफारिस गरेको छ । 

यसअघिको चुनावमा गठबन्धन गर्दा यसपालि कांग्रेसलाई प्रमुख दिने सहमति गरे पनि माओवादी केन्द्रले पालना नगरेकाले  धुर्कोटमा प्रमुख पद कांग्रेसले नछाड्ने सभापति थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ