arrow

तालमेल नपुगेको सत्ता गठबन्धनको बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि तालमेल गरे पनि सोही अनुरुप जिल्लाहरुमा लागु हुन नसकेपछि छट्पटाइरहेका सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । 

स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनजस्तै गठबन्धन गर्ने निर्णय गरेका नेताहरुले सोही अनुरुपको माहोल पाउन नसकेपछि अताल्लिएका छन् । आजदेखि स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय भए पनि दलहरुबीच ठोस तालमेल बन्न नसक्दा धेरै ठाउँमा बागी उम्मेदवार उठ्ने अनुमान गरिएको छ ।

यसलाई रोक्नका लागि ठोस योजनासहित गठबन्धन दलले निर्णय गर्ने आजको बैठकबाट अपेक्षा गरिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेछ । 

यो बैठकअघि गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्नेछ । यही बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र निर्णय लिइने भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ