arrow

मेयर सुम्पेको भरतपुरमा कांग्रेसले २९ मध्ये २० वडाध्यक्ष लियो, माओवादीलाई जम्मा पाँच 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
gathabandha-five-parties (1).jpg

भरतपुर । सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी रहेको छ ।

सहमतिअनुसार कांग्रेसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा आफ्नो भागमा लिएको छ भने ११, १३, २४, २५,२८ नम्बर वडा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पाएको छ । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले  ९, १२ र २२ नम्बर वडा लिने गरी सहमति भएको छ । पाँच दलको गठबन्धनका जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कुनै पनि वडा भागबन्डामा नपाए पनि २६ नम्बर वडाको भागबन्डा भने टुंग्याउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ