arrow

कांग्रेसको घोषणापत्रमा नयाँपन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेसले दिउँसो १ बजेपछि स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टी महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । 

पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपाबाट सार्वजनिक गर्न लागिएको घोषणापत्रमा स्थानीय निकायका लागि असम्भव कल्पना गरेर कांग्रेसले कुनै पनि कुराहरु नलेखेको लेखनमा सहभागी एक सदस्यले बताए । उनका अनुसार कसरी काम गर्ने भनेर नयाँपन दिन खोजिएको छ । विगतका कमीकमजोरीका लागि कांग्रेसलले आलोचना पनि गरेको छ ।

जनतासँग विगतमा गल्ती भएको भए भनेर क्षमायाचना पनि गरेको छ । उनले भने, ‘घोषणापत्रमा ठ्याक्कै यो गर्छौं भनेर मात्र लेखिएको छैन कि के नगर्ने भनेर पनि लेखिएको छ ।’

राजनीतिक रुपमा भने केपी शर्मा ओली नेतृत्वको एमालेलाई आलोचना गरिएको छ । उनले भने, ‘केपी ओलीले संसद विघटन गरेको अहिलेसम्म ठीकै भनिरहेका छन् । सर्वोच्चले गरेको फैसलाको निर्णय मान्नुपर्दैन ?’

अहिलेको सरकार परमादेशबाट बनेको हो भनेर पटक पटक केपी ओलीले भनिरहेका अवस्थामा कांग्रेसको घोषणापत्रमा एमाले पनि परमादेशबाटै बनेको आरोप लगाइएको छ । 

महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।

घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताइएको छ । 

यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाललगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । 

आजदेखि उम्मेदवारी दर्ताको समय शुरु भए पनि अहिलेसम्म दलहरु सबैले घोषणापत्र भने सार्वजनिक गरेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ