arrow

पैसाको बलमा टिकट बाँडिएको भन्दै कांग्रेस क्षेत्रीय सभापति राजीनामा दिने तयारीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
nepali-congress-flag.jpg

रौतहट । रौतहट क्षेत्र नम्बर ४ को टिकट वितरणमा ब्यापक असन्तुष्टि चुलिएको छ । क्षेत्रीय सभापति राम स्नेही राय यादवले क्षेत्रको अधिकार मिचेर प्रदेश र जिल्लाले मनलाग्दी रूपमा टिकट वितरण गरेको भन्दै नेपाली कांग्रेस परित्याग गर्ने तयारी गरेका छन् । 

वृन्दावन नगर प्रमुख समेत रहेका यादवले प्रदेश सभापति कृष्णा यादव र जिल्ला सभापति जितेन्द्र यादवले क्षेत्रको अधिकार हनन गरेर पैसाको बलमा टिकट वितरण भएको आरोप लगाउँदै जुन पार्टीमा विधान विपरीत काम हुन्छ, एकलौटी निर्णय हुन्छ त्यस्तो पार्टीमा बस्नुको औचित्य नरहेको बताए । 

वडाको टिकट वितरणमा समेत क्षेत्रको निर्णय विपरीत आफूखुसी वितरण भएको भन्दै चन्द्रपुर र वृन्दावनका कांग्रेस कार्यकर्ता जिल्ला र प्रदेश सभापति सँग रुष्ट बनेका छन् । 

वडाको टिकट वितरणमा क्षेत्रको अधिकार रहेको भएपनी जिल्ला र प्रदेशले कांग्रेसको विधान विपरीत टिकट बाडेको भन्दै पार्टी परित्याग गर्ने मनस्थितिमा आफू पुगेको बताए ।
 
चन्द्रपुर नगर सभापति मुकेश गिरीले निर्णय सच्याउन र विधान अनुसार पार्टीका केन्द्रीय नेताहरूसँग आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ