arrow

विराटनगरमा उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
local-level-election-000.jpg

मोरङ । विराटनगरमा महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा महानगरपालिका-१० को वडाध्यक्ष पदका लागि माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारका रुपमा पहिलो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उनी विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्रबाट सो वडाका अध्यक्षमा विजयी भएका थिए ।
    
यसैगरी विराटनगर महानगरपालिका-१० को सदस्य पदका लागि स्वतन्त्र रुपमा दुई जनाले उम्मेदवार मनोनयन दर्ता गराउनुभएको कार्यालयले जनाएको छ । यसैगरी विभिन्न वडामा उम्मेदवारी मनोनयन गराउने क्रम जारी छ । 

उम्मेदवारी दर्ताका लागि धरौटीबापत महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका लागि रु एक हजार ५००, वडाध्यक्षका लागि रु एक हजार र वडा सदस्यका लागि रु ५०० कायम गरिएको छ । दलित र महिलाका लागि भने ५० प्रतिशत छुट गरिएको कार्यालयले जनाएको छ ।
    
उम्मेदवारी दर्ताको क्रममा कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षाको विशेष व्यवस्था गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ