arrow

सत्ता गठबन्धनको बैठक बालुवाटारमा, सिट बाँडफाँडमा अन्तिम निर्णय गरिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
five-parties-meeting-2079-01-06.jpg
तस्बिर– फाइल

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले आज स्थानीय तह निर्वाचनको सिट बाँडफाडका लागि अन्तिम प्रयास गर्दैछ । बिहान ८ बजे पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ । यो बैठकले उम्मेदवारी मनोनयनअघि तालमेलको अधिकतम कोसिस गर्नेछ । 

जिल्लाजिल्लामा गठबन्धनको विरोधमा आफूखुशी नेताहरुले उम्मेदवारी दर्ता गर्ने क्रम चलिरहेकाले केन्द्रलाई पनि सम्हाल्न गाह्रो भइरहेको छ । स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति तल्लो तहका कार्यान्वयन नभएपछि अब आजको गठबन्धन बैठकले मनोनयनसम्म सिट बाँडफाँड मिलाउन अधिकतम कोसिस गर्ने निर्णय गरेको हो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बिहान बैठक बसेर अधिकतम कोसिस गरिने छ । तर पार्टीभित्रै पनि स्थानीय नेताहरु विद्रोहमा उत्रिएपछि भने समस्या भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ