arrow

इलामका सबै स्थानीय तहमा कांग्रेसले टुंग्यायो उम्मेदवार, इलाममा केदार र देउमाईमा होम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
congress-flag-final-final.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले इलामका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनबीच भएको सहमतिअनुसार कांग्रेसले १० पालिकामध्ये सात पालिकामा प्रमुखमा टिकट पाएको हो ।

इलाम नगरपालिकामा मेयरमा केदार थापा र उपमेयरमा विष्णुकुमारी लिम्बु दाहालले उम्मेदवारी दिने भएका छन् । त्यस्तै देउमाई नगरपालिकामा मेयरमात्र कांग्रेसले पाएको हो । जसमा होम दुलालले टिकट पाएका छन् । 

इलाममा इलाम र देउमाई ठूला नगरपालिका हुन् । जसको दुवैमा कांग्रेसले टिकट पाएको हो । त्यस्तै सूर्योदय नगरपालिकाको उपमेयरमा दुर्गा बराल, रोङ गाउँपालिकाको अध्यक्षमा मणिकुमार स्याङ्बो (सुवास) तथा उपाध्यक्षमा चन्द्रकला राईले टिकट पाएका छन् । 

फाकफोकथुम गाउँपालिका अध्यक्षमा डिकबहादुर थापा, चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ र माइसेबुङ गाउँपालिका अध्यक्षमा डिकेन्द्र इदिङ्गोले टिकट पाएका छन् । 

त्यस्तै सन्दकपुर गाउँपालिका अध्यक्षमा तुलाराम गुरुङले टिकट पाएका छन् । माई नगरपालिकाको उपमेयरमा हेमबहादुर लिम्बू तथा माइजोगमाई गाउँपालिका उपाध्यक्षमा प्रबिना राईले टिकट पाएका छन् । 

वडाध्यक्षहरुमा सौहार्दपूर्ण तरिकाले मिलाएर जाने र मिल्न नसकेका अवस्थामा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयानुसार धमाधम उम्मेदवारी दर्ता भइरहेको जनाइएको छ । 

पाँच दलीय गठबन्धनमा नेकपा एकीकृत समाजवादीले २ तथा नेकपा माओवादी केन्द्रले १ पालिकामा प्रमुखमा उम्मेदवारी दिँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ