arrow

कांग्रेस कपिलवस्तुले टुङ्गायो ४ गाउँपालिका प्रमुख र उपप्रमुखको नाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
nepali-congress-flag-tree00.jpg

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले ४ वटा गाउँपालिकाको प्रमुख र उपप्रमुखको नाम टुङ्गो लगाएको छ । चन्द्रौटामा भएको बैठक पछि शुद्धोदन, मायोदेबी बिजयनगर र यशोधरा गाउँपालिका प्रमुख र उपप्रमुखको नाम टुङ्गो लागेको कांग्रेसका जिल्ला प्रवक्ता ईश्वरी पाण्डेयले जानकारी दिए । 

मायादेवी गाउँपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उपप्रमुखमा सरस्वती यादव, शुद्धोदन गाउँपालिकाको प्रमुखमा रामनयन यादव र उपप्रमुखमा सुधादेवी पाण्डेय बिजयनगर गाउँपालिको प्रमुखमा रफिक मुसलमान र उपप्रमुखमा निशा थारुले टिकट पाएका हुन । 

यस्तै यशोधरा गाउँपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्टा उपप्रमुखमा टिकट पाएका छन् । यस अघि पनि उम्मेदवार बनेको बलीउद्दीन थारै मतले मात्र पराजित भएका थिए ।

यस्तै यस अधि मधेसी जन अधिकार फोरमबाट लडेका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेवी पाण्डेयले भने यस अघिको निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी थिइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ