arrow

प्रकाशमानको श्रीमती नभइ राजनीतिक योगदानको आधारमा टिकट पाएकी हुँ – सिर्जना सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
srijana-singh-congress-prakashman.jpg

काठमाडौं । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् । 

गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको प्रतिक्रिया दिइन् । 

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग उनले भनिन्, ‘म प्रकाशमानको श्रीमती नभइ राजनीतिक योगदानको आधारमा टिकट पाएकी हुँ ।’ 

महिलाहरूको हकहितको लागि विशेष काम गर्ने बताएकी उनले बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउने दाबी गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ