- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । जस कारण उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित महर्जन फेरि दोहोरिन खोजेका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महानगरपालिकामा गर्नुपर्ने कामहरू अझै रहेकाले आफूलाई निर्वाचित गराउन आग्रह गरे ।