arrow

निर्वाचनमा विप्लव नेकपाको इन्ट्री, मुगुमा उठायो स्वतन्त्र उम्मेदवार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
biplab.jpg

मुगु । नेपाल कम्युनिस्ट पार्टी विप्लवले मुगुका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाएको छ । विप्लव नेतृत्वको नेकपाले छायानाथ रारा नगरपालिका वडा नम्बर १२ र १४ मा स्वतन्त्र वडा अध्यक्ष उठाएको हो ।

छायानाथ रारा नगरपालिका वडा नम्बर १२ मा भैरव बुढाले स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका छन् । सोही वडाका हुकुमसिंह सावत र खड्क रोकायाले सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

नगरपालिकाको वडा नम्बर १४ मा वडा अध्यक्ष पदमा धनमासिंह बढुवालले मनोनयन दर्ता गराएका छन् । सदस्यमा रंग बढुवाल र सक्क बढुवालले मनोनयन दर्ता गएको नेकपा विप्लवका मुगु नगर इन्चार्ज गणेश सावत (अडिक) ले बताए ।

विप्लवले निर्वाचन बहिस्कार गर्ने भनिरहँदा विभिन्न स्थानीय तहमा उम्मेदवार उठाएर निर्वाचन प्रक्रियालाई समर्थन गरेको स्पष्ट हुन्छ । 

यसअघिका निर्वाचनमा विप्लवको पार्टीले भाग लिएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ