arrow

अमेरिका भन्छ –युक्रेन युद्धमा रुस असफल भयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
ukraine-attack-russia-trap-killed.jpg

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले सो धारणा राखेका हुन् ।

उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा छन् । युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतकार युक्रेनको राजधानी किभ पुगेका थिए । 

युक्रेनी राष्ट्रपतिसँगको भेटमा रक्षामन्त्री अस्टिनले अमेरिकाले रूसलाई सैन्य रूपमा कमजोर भएको हेर्न चाहेको रक्षामन्त्री अस्टिनले बताए ।  पछिल्लो समयमा रुसले आफ्नो आक्रमण पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । 

यसअघि रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो । रुसको आक्रमण सुरु भएपछि यो उच्च स्तरीय अमेरिकी भ्रमण हो ।

यसैबीच, रुसी सेनाले मध्य र पश्चिमी युक्रेनमा पाँच रेलवे स्टेसनहरूमा  आक्रमण गरेका छन् । मध्ययुक्रेनको ज्मेरिन्का र कोज्याटिनका स्टेसनहरूमा भएका आक्रमणमा हताहतका विवरण भने सार्वजनिक हुन बाँकी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ