arrow

ठयाक्कै उम्मेदवारको संख्या दिन आयोगलाई समय लाग्ने, नामावली रुजु जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
local-level-election-12345.jpg

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेहरूको नामावली विवरण रुजु गरिरहेको छ । निर्वाचन कार्यतालिका अनुसार त मनोनयन दर्ता सकिएकै दिन रुजु गरिसकेर मनोनयन दर्ता गर्नेहरूको नामावली पनि सार्वजनिक हुनुपर्ने हो । 

तर, अझैसम्म मनोनयन दर्ता गराउनेहरूको नामावली विवरण रुजु भइसकेको छैन । आयोगले अझै समय लाग्ने जनाएको छ । मनोनयन दर्ता भने आइतबार र सोमबार भएको थियो ।  

आयोगले मनोनयन दर्ता सकिएकै दिन नामावली सार्वजनिक गर्न भनेर यस पटक दुई दिन समय लिएको दाबी गरेको थियो । जबकि अघिल्ला निर्वाचनहरूमा मनोनयन दर्ताको समय एक दिन तोकिने गरिएको थियो ।

आयोगले मंगलबार बिहान ७ बजेपछि राखेको पछिल्लो विवरणअनुसार एक लाख ३६ हजार २६९ जनाले मनोनयन दर्ता गरेको उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ