arrow

निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेको संख्या एक लाख साढे ४४ हजार  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
local-level-election-everytime1.jpg

काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरेको छ । आयोगले दिउँसो साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार ४१६ जना रहेको जनाएको छ । 

७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो । 

सर्वाधिक मधेस प्रदेशमा ३७ हजार ३७७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ । त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९२६ जना, लुम्बिनी प्रदेशमा २२ हजार ७६६ जना र प्रदेश १ मा २२ हजार ४७० जनाले मनोनयन दर्ता गराएका छन् । 

कर्णाली प्रदेशमा १३ हजार १२६ जना, गण्डकी प्रदेशमा १२ हजार ५४७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार २०४ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ। 

आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो । आयोगले आज उम्मेदवारविरुद्ध उजुरीको समय दिएको भए पनि अहिलेसम्म उम्मेदवारको तथ्याङ्कसमेत पूरा समेट्न पाएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ