arrow

देउवाको गृह जिल्लामा युवा वैज्ञानिक कांग्रेसका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
bharat-badayar.PNG

डडेल्धुरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा २९ वर्षीय युवा वैज्ञानिकलाई मेयरको पदमा उठाएको छ । कांग्रेस डडेल्धुराले परशुराम नगरपालिकाको मेयर पदको उम्मेदवारमा भरत बडायर जोशीको नाम मनोनयन गरेको हो । 

२९ वर्षीय युवा वैज्ञानिक भरतले बेइजिङको चाइनिज एकेडेमी अफ साइन्स विश्वविद्यालयबाट वायुमण्डल भौतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी सामाजिक अभियन्ता र सफल उद्यमी पनि हुन् । उनी नेपाली कांग्रेस परशुराम नगरपालिकाका नगर सभापति हुन् ।

सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि उनले एक वर्ष नेपाल युवा संस्था सञ्जाल नेपाल (आयोन)मा उद्धार तथा राहतका कार्य समेत गरेका थिए । उनले सन् २०१६ देखि २०१८ सम्म नेपाल युवा संस्था सञ्जाल (आयोन)को महासचिवको रूपमा सिंगो नेपाली युवाहरूको नेतृत्व समेत गरेका थिए ।

उनले कोभिड–१९ को पहिलो लहरमा सुदूर पश्चिममा रहेका दिर्घरोग लागेका बिरामी वृद्ध वृद्धाहरूको लागि निःशुल्क औषधि वितरण गरि सहयोग गरेका थिए ।

साथै सो समयमा परशुराम नगरपालिका क्षेत्रमा आइसोलेसन सेन्टरहरूको व्यवस्थापन गरेका सक्षम र उदार मन भएका परशुराम नगरपालिकाका समाजसेवी कांग्रेसका युवा नेता हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ