arrow

स्थानीय तह निर्वाचन तालिकाः आज र भोलि उम्मेदवार विरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिन्ह वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
local-level-election-000.jpg

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । 

प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि  छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । 

आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ बैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । 

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि डेढ लाख बराबरले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयले भने अझै पूर्णरुपले मनोनयनको विवरण उतार्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ