arrow

स्थानीय तह निर्वाचनः सिन्धुपाल्चोकमा दुई हजार ११४ जनाको मनोनयन दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
local_election_SoSYi36EtA.jpg

सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई हजार ११४ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २५ राजनीतिक दल चुनावी मैदानमा छन् । 

प्रमुख–अध्यक्षमा ९६, उपप्रमुख–उपाध्यक्षमा ६९ तथा १०३ वडाको वडाध्यक्षमा ४८४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै २०६ खुला सदस्यमा ७७४, महिला र दलित महिला सदस्यमा क्रमशः ३६४ र २२७ जनाले उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोकमा १२ स्थानीय तह छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ