arrow

स्थानीय तह निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने भएको छ । ११ र १२ बैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ ।

१६ बैशाख साँझ शुक्रबारसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । उम्मेदवारको अन्तिम नामावली शुक्रबार नै प्रकाशन हुनेछ । 

निर्वाचन आयोगका अनुसार १७ गते शनिबार मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ