arrow

हुम्लामा म्यादी प्रहरीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
local-level-election-everytime1.jpg

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षिय जसबहादुर रोकायाको मृत्यु भएको हो । 
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका थिए । मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ