arrow

एक लाख ५३ हजारमध्ये चार हजारले लिए उम्मेदवारी फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
local-level-election-2079.jpg

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही बैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । 

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिन रूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताए ।

सो प्रणालीमा शुक्रबार बेलुका ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ