भक्तपुरको मात्र मतपत्र छाप्न बाँकी, एक करोड ८० लाख बढी मतपत्र ढुवानी धमाधम
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १७ शनिबार
1.2k
Shares
तस्बिर– फाइल
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७६ जिल्लाको मतपत्र छपाइसकेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले यी जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार ढुवानीको काम धमाधम भइरहेको छ । मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत ढुवानी गरिएको शर्माले बताए । उनका अनुसार अब भक्तपुरको मात्र मतपत्र छपाइ सक्न बाँकी छ ।
आयोगले काठमाडौंदेखि लामो दूरी रहेको जिल्लामा छिटो मतपत्र पठाउन थालेको हो । निर्वाचन आउन १३ दिन बाँकी रहँदा आयोगले मत्रपत्र छपाइ, ढुवानीसँगै अन्य निर्वाचनसम्बन्धी कामलाई तीब्रता दिएको छ ।
आयोगले स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयहरूले आजै उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्दै छ ।