arrow

संसदमा दुई पटक अश्लील भिडियो हेरेको स्वीकार गरेपछि बेलायती सांसदले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
neil-parish.PNG

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कन्जरभेटिभ पार्टीबाट निलम्बित भएका सांसदले शनिबार हाउस अफ कमन्स (संसद)मा दुई पटक अश्लील सामग्री हेरेको स्वीकार गर्दै राजीनामा दिएका छन् ।

६५ वर्षीय सांसद नील पेरिस आफैले संसदको मापदण्ड आयुक्तलाई आफ्नो बिषयमा जानकारी गराएका थिए । त्यसपछि प्रधानमन्त्री जोनसनको कन्जरभेटिभ पार्टीले शुक्रबार उनलाई निलम्बन गरेको थियो । पारिसले शनिबार राजीनामा दिएका हुन् ।

'अन्तमा मैले देखेँ कि मैले मेरो परिवार र मेरो निर्वाचन क्षेत्र सङ्गठनलाई जुन आक्रोश र क्षति पुर्याइरहेको थिएँ, यो जारी राख्न लायक थिएन,' आँसु झार्दै पेरिसले शनिबार बीबीसीसँगको अन्तर्वार्तामा भनेका छन् ।

पेरिसले पहिलो पटक वेबसाइटमा ट्र्याक्टरहरू खोज्दा दुर्घटनावश त्यस्तो सामग्री आएको र त्यसलाई अलिकति हेरेको बताएका छन्, 'जुन मैले गर्नु हुँदैनथ्यो, उनले भनेका छन् ।

'तर मेरो अपराध, सबैभन्दा ठूलो अपराध यो हो कि अर्को चोटी म दोस्रो पटक मैले जानाजानी गरे। मतदान गर्नका लागि कुर्दै बसेका बेला चेमबरको छेउमा,' उनले भनेका छन् ।

उनको दिमागमा के भइरहेको थियो र पोर्न हेर्न पुगे भनेर सोध्दा, उनले यसलाई ूपागलपनको क्षणू भनेर वर्णन गरेका छन्।

गत हप्ता सुरुमा एक महिला मन्त्रीले कमन्स चेम्बरमा उनको छेउमा बसेर एक पुरुष सहकर्मीले अश्लिील सामग्री हेरेको देखेको बताएको कुरा बेलायती मिडियाले रिपोर्ट गरेको थिए । यद्यपि, पेरिसले आफ्नो छेउको सहकर्मीले यो देखोस् भन्ने नचाहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ