arrow

कडा कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
election-commission-locla-gov.jpg
तस्बिर– फाइल

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्थ्या सूचना तथा आचारसंहिता विपरीतका सामग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । 

आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने बताए ।

निर्वाचन आचारसंहिताविपरीतका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारवाही गरिने प्रष्ट पारे ।     

चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ