- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कपिलवस्तु । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् ।
दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठुलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ ।
खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ । नवौँ महिनाको अन्तिम दिन गएको बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज इदउल फित्र मनाइएको हो ।
यसैबीच सरकारले इदको अवसरमा सार्वजनिक बिदा दिएको छ । २०७८ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।
कपिलवस्तु विभिन्न मस्जिदहरूमा नमाज पढ्नेहरूको घुइँचो लागेको छ l कपिलवस्तुलगायत अन्य जिल्लाहरूमा पनि यो पर्व हर्सोउलासका साथ मनाइएको छ ।