arrow

स्थानीय निर्वाचन : एक लाख ४५ हजार उम्मेदवार (सूचीसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
election-commission1-1618997712.jpg
फाइल तस्बिर

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ। ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन्।

२० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वजनिक गरिएको हो। यसमा अझै थपघट हुनसक्ने आयोगले जनाएको छ। केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्याजस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ।

झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। भने केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो। कानूनअनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ