arrow

भरतपुरमा पौडेललाई मनाउन देउवा सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २१ बुधबार
duba-gaganath.jpg

चितवन । नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलका कारण भरतपुरमा सत्तारुढ गठबन्धनलाई समस्या परेको छ । 

गठबन्धनले रेणु दाहाललाई समर्थन गरेको भए पनि नेपाली कांग्रेसबाट विद्रोही बनेर जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेलले चुनाव लडेपछि रेणुको जितको लक्ष्यमाथि ठूलो अवरोध खडा भएको छ । 

यसैबीच पौडेललाई मनाउन कांग्रेस सभापति शेरबहादुर देउवा आफै अघि सरेका छन् । देउवा आज भरतपुर जादैछन् । यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए । विद्रोही उम्मेदवार बनेका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने बताउँदै आएका छन् । 

देउवा र पौडेलबीच भेटघाटको बतारवरण मिलाउन नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी चितवनमा रहेका छन् । कांग्रेसभित्रको असन्तुष्टि अन्त्यका लागि सरलीकरणको काम भइरहेको नेता भण्डारीले बताएका छन्।  उनले स्थानीय तहको निर्वाचनमा देखिएका असन्तुष्टि अन्त्यका लागि कांग्रेस लागि परेको बताए । नेता भण्डारीले भने, “गठबन्धनलाई जिताउनु सबैको दायित्व हो । असन्तुष्टि मिलाउँदै जानुपर्छ ।” 

कांग्रेस नेताहरूले प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उनलाई गरेका थिए । उनलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुगेका थिए । तर आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उनको अडान थियो । 

पौडेललाई मनाउन गृहमन्त्री बालकृष्ण खाँड आफै पुगेका थिए तर उनलाई पनि फर्काइदिए । गृहमन्त्रीलाई नेता पौडेलले आफू आफ्नो उम्मेदवारीबाट फिर्ता नहुने ठाउँमा पुगेको जानकारी गराए । 

पौडेल विसं २०४९ सालको स्थानीय चुनावमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । वरिष्ठ अधिवक्ता पौडेल राष्ट्रियसभाको सदस्य भइसकेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ