arrow

विराटनगर आएर देउवाले मागे गठबन्धनलाई भोट 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ वैशाख २१ बुधबार
279644882_363166832509802_4592746494740188285_n.jpg

मोरङ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट विराटनगरका लागि मेयर पदमा नागेश कोइरालालगायत गठबन्धनलाई भोट हाल्न अपील गरेका छन् ।

बुधबार नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेका चुनावी आमसभामा बोल्दै सभापति देउवाले कांग्रेसका उम्मेदवार नागेश कोइराला र गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका जसपाका अमरेन्द्र यादवलाई भोट दिन आग्रह गरेका हुन् ।

‘गठबन्धनले जित्नुपर्छ । कांग्रेसले जित्नुपर्छ । नागेश कोइरालालाई भोट दिनुहोला,’ देउवाले भने, ‘गठबन्धनबाट उपमेयरमा उठ्नु भएका अमरेन्द्रलाई छाता चिन्हमा भोट हाल्नुहोला । यो देश पहाडी मधेसी सबैको हो । सबै मिलेर देश बनाउनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ