arrow

बेलबारीमा विरासत जोगाउन एमालेलाई हम्मे, कांग्रेसलाई अवसर

logo
विवेक मिश्र,
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
belbari-mayour.jpg
नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र सुवेदी र नेकपा एमालेका उम्मेदवार दिलप्रसाद राई ।

मोरङ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङको बेलबारीमा एमाले, कांग्रेस, माओवादी, राप्रपा र एकीकृत समाजवादी पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । तथापि नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूबीच नै बढी प्रतिस्पर्धा हुने देखिन्छ ।  विगत ३० वर्षदेखि नेकपा एमालेले एकछत्र राज गर्दै आएको बेलबारीमा यस पटक एमालेले विरासत जोगाउन सक्ला ? भन्ने सर्वत्र चासोको विषय बनेको छ । 

बेलबारीमा मेयर पदका लागि नेकपा एमालेबाट  दिलप्रसाद राई (डिपी) र नेपाली कांग्रेसका तर्फबाट विगत ३ दशकदेखि राजनीतिमा सक्रिय महेन्द्र सुवेदी चुनावी प्रतिस्पर्धामा रहेका छन् । मेयर पदमा माओवादी केन्द्रबाट नगेन्द्र खडका, एकीकृत समाजवादी पार्टीबाट भूपाल बस्नेत, राप्रपाबाट खेम गौतम लगायत चुनावी दौडमा छन्, तथापि नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूबीच नै बढी प्रतिस्पर्धा हुने देखिन्छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा बेलबारी नगरपालिकाको मेयरमा झिनो मतका साथ नेपाली कांग्रेसका उम्मेदवार राजकुमार लिम्बु पराजित भएका थिए । उनलाई नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र सुवेदीले २ सय मतान्तरले जितेका थिए । कांग्रेसको कमजोर क्षेत्र मानिएको बेलबारीमा लिम्बुलाई त्यस समय (पपुलर मत ) प्राप्त भएको थियो । 

यस पटक पनि चुनावी प्रतिस्पर्धा निकै कडा र रोचक हुने देखिन्छ । कांग्रेसका उम्मेदवार महेन्द्र सुवेदीलाई जिताउन स्थानीय कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्छ । सुवेदीको पक्षमा भोट माग्न पूर्व राज्यमन्त्री दिलीप गच्छदार, मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका पूर्व उम्मेदवार साथै नेपाली कांग्रेसका महासमिति सदस्य सुनिल शर्मा लगागतका नेताहरू  लागिपरेका छन् । त्यसै गरी एमालेका उम्मेदवार दिलप्रसाद राईलाई भोट माग्न पूर्व मन्त्री भानुभक्त ढकाल, प्रदेश सभा सदस्य राजकुमार ओझा लगायतका नेताहरू लागिपरेका छन् ।  

बेलबारीको वडा नम्बर ३, ४, ५, ७, ८, ९ लगायतका वडाहरूमा सुवेदीको पकड बलियो देखिन्छ । त्यही क्षेत्रको भोटका कारण पनि सुवेदीले जित्न सक्ने आङ्कलन गर्नेहरू धेरै छन् । बेलबारीमा मेयर पदमा विजयी हुन कम्तीमा १५ हजार भोटको आबश्यकता पर्दछ । 

अघिल्लो निर्बाचनमा झन्डै साढे ११ हजारको हाराहारीमा मत ल्याएर एमालेका उम्मेदवार विजयी भएका थिए । यस पटक एमालेलाई आफ्नो विरासत जोगाउन हम्मे परेको छ भने कांग्रेस जसरी पनि विरासत भत्काउने ध्याउन्नमा लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ