arrow

युरोपले रुसी तेल कटौती गर्याे भने के हुन्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
oil-world-map-.jpg

काठमाडौं । २७ मुलुकहरुको संगठन युरोपेली संघको कार्यकारी आयोगले रुसी तेलको आयात ६ महिनाभित्र बन्द गर्ने प्रस्ताव गरेको छ। तर रुसी तेल र प्राकृतिक ग्यासमा दशकौंको निर्भरतालाई उल्टाउनु यी मुलुकहरुका लागि चानचुने कुरा भने हैन ।  ईयूको प्रस्ताव विपरीत नै हंगेरी र स्लोभाकिया दुवै भूपरिवेष्ठित र रुसी तेलको ठूला प्रयोगकर्ताहरूले रुसी आयात नरोक्ने घोषणा गरिसकेका छन् ।

युरोपले उर्जाका लागि रुसलाई दैनिक ८५ करोड अमेरिकी डलर तिर्ने गरेको छ। क्रेमलिनका लागि पश्चिमी प्रतिबन्धविरुद्ध लड्ने यो एक निकै राम्रौ औषधि पनि हो ।

ऊर्जाको लागि युरोपले रुसलाई कति तिर्छ ?

युरोपेली मुलुकहरुले रुसले युक्रेनमाथि गरेको आक्रमण निन्दा गरे पनि तेल र ग्यास भने किनि रहेका छन् । नकिनुन् पनि कसरी युरोपको २५ प्रतिशत तेल र ४० प्रतिशत ग्यास रुसबाटै आउँछ।

ब्रसेल्सको ब्रुगेल थिंक ट्याङ्कका विश्लेषकहरूले गरेको विश्लेषण अनुसार ईय्रले रुसलाई तेलका लागि प्रतिदिन ४५० मिलियन (४५ करोड) डलर र प्राकृतिक ग्यासका लागि प्रतिदिन ४०० मिलियन (४० करोड) डलर तिर्ने गर्छ।

यसको अर्थ भनेको ऊर्जा राजस्वले क्रेमलिनको बजेटलाई बलियो बनाउने गर्छ। रुसलाई आफ्नो मुद्रा बलियो बनाउन र विदेशी मुद्रा भण्डार गर्न यसले ठूलो मद्दत गर्ने गर्छ । यसले नै रुसलाई पश्चिमी प्रतिबन्धविरुद्ध लड्न सजिलो बनाइरहेको छ।

रुसको कति तेल जान्छ युरोपमा ?

कच्चा तेल बेच्न रुसका लागि सबैभन्दा ठूलो बजार भनेकै युरोप हो । सन् २०२० मा रुसको कुल तेल निर्यात २६ करोड टन मध्ये ५३ प्रतिशत अर्थात् १३ करोड ८० लाख टन युरोपमा नै निर्यात भएको थियो । रुसले सवारी इन्धन र उद्योगका लागि खासगरी रुसी तेल प्रयोग गर्छ।

ग्यास नरोकेर तेलमा मात्रै ध्यान किन ?

मुख्यतया पाइपलाइनबाट आउने हुँदा प्राकृतिक ग्यासको वैकल्पिक स्रोतहरू फेला पार्न गाह्रो हुन्छ। ट्याङ्करबाट ढुवानी हुने हुँदा तेल भने विश्वभरबाट जहाँसुकै पुर्याउन सहज हुन्छ। त्यसैले ग्यासको आयात रोक्ने युरोपेली विकल्प अहिले मौन छ।

जर्मनी जस्ता भारी ग्यास प्रयोगकर्ताहरूले तुरुन्तै ग्यासको कटअफले रोजगारी घटाउने, गिलास र धातु व्यवसाय बन्द हुने एवं ग्यास र तेल दुवै कटौती गर्दा युरोपमा मन्दी आउने अर्थशास्त्रीहरूको चेतावनी छ।

युरोपले तेल नकिने रुसमा के होला ?

युरोपले युद्धअघि रुसबाट दैनिक ३८ लाख ब्यारेल तेल आयात गर्दै आएको थियो। सैद्धान्तिकरुपमा युरोपेली ग्राहकहरूले खासगरी एसियामा तेल बेच्दै आइरहेका मध्य पूर्वका आपूर्तिकर्ताहरूबाट ती ब्यारेलहरू प्रतिस्थापन गर्न सक्छन्, साथै संयुक्त राज्य अमेरिका, ल्याटिन अमेरिका र अफ्रिकाबाट युरोपले तेल ल्याउने छ। यस्तोमा सस्तो रुसी तेलले एसियामा बजार बनाउने छ ।

तर यो सबै कुरा मिल्न समय भने लाग्ने छ।  मध्य र पूर्वी युरोपमा सोभियत युगका रिफाइनरीहरू एवं ठूला पाइपलाइन छन् । मध्यपूर्वमा यस्तो कुनै व्यवस्था नहुँदा यसले युरोपलाई तनाव दिनेछ ।

यसबाहेक रुसको तेल आयात रोक्न युरोपले तेलको खपत पनि घटाउने छ। जसका लागि युरोपले सार्वजनिक यातायात निःशुल्क बनाउने, कार सेयरिङलाई प्रोत्साहन गर्ने जस्ता उपाय लागु गर्ने  ब्रुगेल विश्लेषकहरूको भनाइ छ ।

यस्ता उपायले काम नगरेमा लाइसेन्स प्लेट नम्बरहरूमा आधारित बिजोर प्रणालीसमेत लागु गरिन सक्ने ठानिएको छ। उसो त यसअघि सन् १९७३ मा ओपेकले तेल प्रतिबन्ध गर्दा जर्मनीले कारमुक्त आइबारको नीतिसमेत अँगालेको थियो।

ढुवानीका ट्रक र कृषि उपकरणहरुको लागि युरोपको डिजेल इन्धनको प्रमुख आपूर्तिकर्ता पनि रुस हो। यसर्थमा रुसी तेलमा रोक लगाउँदा युरोपमा मुल्यवृद्धिले खाद्य र सामानहरूको विस्तृत दायरालाई असर गर्नेछ।

विश्व तेल बजारमा के हुन सक्छ ?

विश्वव्यापी वस्तु भएका कारण तेलको मूल्य सबैको लागि बढ्ने छ। यसले मुल्यवृद्धि गराउने छ र कोभिड १९को महामारीबाट उम्किन विश्वलाई झनै कठिन हुन जाने छ।

रुसले आफ्नो सबैभन्दा ठूलो ग्राहक युरोप गुमाएपछि कम तेल उत्पादन र निर्यात गर्नेछ। त्यो किनभने रुसका सबै निर्यातहरु ढुवानी र लजिस्टिक अवरोधहरुको कारणले गर्दा नजिकैको युरोपबाट टाढा एसियामा सजिलै पुर्याउन सक्दैन । यसले कच्चा तेलको विश्वव्यापी सप्लाई चैन अथवा आपूति श्रृंखलामा ठूलो फेरबदल ल्याउनेछ ।

पश्चिमाहरुसँग प्रतिबन्धको विषयले समस्या सिर्जना गर्यो भने भारत र चीनका खरिददारहरुले रुसी तेललाई बेवास्ता गर्न सक्छन् । पश्चिमी ग्राहकहरुले पहिले नै रुसी तेल त्यागिरहेका छन् ।

अर्कोतर्फ केही एसियाली ग्राहकहरूले सस्तो रुसी तेल किन्न मौकामा हाम फाल्न सक्छन् । साउदी अरेबियाको नेतृत्वमा रहेको ओपेक तेल कार्टेलले बहिष्कारको कारण रुसबाट कुनै पनि आपूर्ति घाटाको लागि आफ्नो उत्पादन नबढाउने स्पष्ट गरिसकेको छ।

रेस्टेड इनर्जीले यो वर्ष सन् २०२२ को अन्त्यसम्म दैनिक १५ देखि २० लाख ब्यारेल तेलको अभावका कारण कच्चा तेलको मूल्य १२० देखि १३० डलर पुग्न सक्ने जनाएको छ ।

एउटा अर्को नरम परिदृष्य भनेको युरोपले नलिएको तेल अन्य प्रतिबन्धमा भाग नलिने उर्जाका भोका देशमा जान सक्ने र यसले दैनिक १० लाख ब्यारेलसम्मको नोक्सानी सहितको वर्षको अन्त्यमा तेलको मूल्य १०० डलर प्रति ब्यारेलमा झारेर झर्दै ६० डलरसम्म पुर्याउने अनुमानसमेत गरिएको छ।

युरोपले तेल बहिष्कार गर्दा रुसलाई कति महँगो पर्छ ?

यसले क्रेमलिनलाई धक्का भने दिनेछ। किनकि सन् २०११ देखि सन् २०२० सम्मको तथ्यांक हेर्दा रुसी राजस्वको ४३ प्रतिशत भनेकै तेल हो ।

यसमाथि पनि युरोपमा रुसको मुख्य निर्यात बेन्चमार्क, युरल्स क्रसडको मूल्य अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्टको तुलनामा  ३५ डलर प्रति ब्यारेलले झारिएको छ। तर पनि सामान्यतया उच्च तेलको मूल्यको कारण रुसको राजस्व घाटा अहिलेसम्म कम नै छ र तेल बेचेर कमाइरहेको विदेशी मुद्राले रुसी वित्तलाई सहज पारेको छ ।

‘रुसी तेलमा ईयूको क्रमिक प्रतिबन्ध जोखिमपूर्ण सर्त हो । किनकि क्षणिकरुपमा यसले रुसी राजस्व वृद्धि गराउन सक्छ । उच्च मूल्यकै कारण ईयू र विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक परिणामहरू निम्त्याउन सक्छ’, ऊर्जा नीति विशेषज्ञ सिमोन ट्याग्लियापिट्राले भनेका छन् ।

अर्कातर्फ युरोपले तेल आपूर्तिमा रोक लगाउँदा रुसले ग्यास पनि नदिने चेतवानी दिनसक्ने छ, जुन युरोपका लागि झन् चुनौतीपूर्ण बन्न जानेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ