arrow

वैद्यको ज्ञापनपत्र बुझे प्रचण्डले

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
Dahal-&-baidhye-bhet.jpg.jpeg
काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासी समस्या समाधानका लागि आफ्नो नेतृत्वको सरकारले विशेष पहल गर्ने बताएका छन् । 
 
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य नेतृत्वको प्रमण्डलले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले सुकुम्बासी समस्याका बारेमा आफू जानकार रहेकाले कुनै न कुनै तरिकाबाट समाधान खोजिने प्रतिवद्धता जनाए । 
 
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सुकुम्बासी समस्या मुलुकको जटिल समस्या हो । यो आफैँमा सम्बेदनशील विषय पनि हो । संविधानको परिधिले क्रान्तिकारी समाधानको बाटो नखोले पनि अधिकतम् सुधारका लागि नयाँ सरकारले काम गर्नेछ ।’ 
 
प्रधानमन्त्री दाहालले वर्षात्को समयमा वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी हटाउने काम न्यायोचित नहुने भन्दै त्यसका लागि सरकारले आवश्यक निर्देशन दिइसकेको बताए । उनले व्यवस्थित र संस्थागत रुपमा सुकुम्बासीका समस्या समाधानमा सबैको सहयोग रहने विश्वास गरेको प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिम्सिनाले जानकारी दिए ।  
 
क्रान्तिकारी माओवादीले सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरिकनै वासस्थान उठाउने, सूचना जारी गर्ने, खेती बाली नष्ट गर्ने कार्य तत्काल रोक्न, सुकुम्बासी बस्तीमा पानी, बिजुली आपूर्तिको व्यवस्था गर्न, वास्तविक सुकुम्बासी छुट्ट्याउन र परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ । 



लोकप्रिय समाचार
नयाँ