- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले गृहजिल्ला रुपन्देहीमा निजी सवारी साधन प्रयोग गरेका छन् । शुक्रबार निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न गृहजिल्ला रुपन्देही पुगेका गृहमन्त्री खाँणले निजी सवारी प्रयोग गरेका हुन् ।
उनले बा ११ च ९४९४ नम्बरको निजी सवारी साधन प्रयोग गरेको उनका स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिए । नेपाली कांग्रेुसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खाँडले आज पाँच दलीय गठबन्धनको बुटवलको देवीनगरमा हुने चुनावी सभालाईसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।