arrow

दार्चुलाका आधा दर्जन सीमानाका ७२ घण्टा बन्द गरिने

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७९ वैशाख २५ आइतबार
darchula-naka-baiythak.jpg

दार्चुला । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका दार्चुलाका आधा दर्जन नाका ७२ घन्टा बन्द गरिने भएका छन् । शनिवार नेपाल-भारतका अधिकारीहरूको दार्चुला सदरमुकाम खलङ्गामा बसेको समन्वयात्मक बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो । 

सुरक्षालाई ध्यानमा राखेर वैशाख २७ गते बेलुकी ७ बजेदेखि ३० गते बेलुकी ७ बजेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । 

जिल्लाका भारतसँग सीमा जोडिएका सीतापुल, तिगरम, खलङ्गा, दत्तु, जौलजीवी र लाली नाका मङ्गलवार बेलुकीदेखि बन्द हुने उनले बताए । निर्वाचनका बेला दुई देशको सहमतिमा सिमानाका बन्द गरिँदै आएको छ । 

स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सीमा नाका बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ