arrow

महाराजगन्जको विकासको लागि पुन: कलामको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
kalam.PNG

महाराजगन्ज । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट नगरप्रमुखको पदको लागि उम्मेदवार बनेका कलामले ५ वर्षमा गरेका काम र आफ्नो पाँच वर्षे योजना सहित मत माग्दै आएका छन् । 

उनले आफूहरूले विगत पाँच वर्षमा सीमित बजेटका बावजुत पूर्ण इमानदारिताका साथ काम गरेर महाराजगन्ज नगरपालिकालाई विकासको यात्रामा डोराएकोले कामको आधारमा पुनः ५ वर्षको आफ्नो विजय सुनिश्चित भएको बताएका छन् ।

पाँच वर्ष महाराजगन्ज नगरको प्रमुखको जिम्मेवारी सम्हालेर निर्वाचनमा होमिएका कलामले पालिकालाई तत्कालीन, मध्यकालिक र दीर्घकालीन योजना बनाएर समृद्ध र सबल पालिकाको रूपमा विकास गर्ने बताएका छन् ।

उनले कांग्रेसको नेतृत्वमा आफुले पालिका प्रमुख भएर पालिकाको नेतृत्व गर्दा नगरपालिकाको कुनै आधार नभएता पनि पाँच वर्षमा पालिकाको अवस्थामा परिवर्तन ल्याएको बताएका छन् । 

आफ्नो नेतृत्वमा सडक, विद्यालय, स्वास्थ्य संस्थाहरू, पालिकाको भौतिक पूर्वाधारहरू क्षेत्रमा उल्लेखनीय काम भएको कलामले बताए । आफूहरूले सामाजिक, मानवीय विकास मार्फत समृद्ध र सबल नगर बनाउन चाहेको त्यसका लागि जनताले पुनः नगर प्रमुखमा निर्वाचित गरेर पठाउने विश्वास रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ