arrow

आचारसंहिता उल्लंघन गर्ने १३७ संचारमाध्यमलाई सचेत, २३ वेब नेपालबाट सञ्चालन हुन नसक्ने गरी कारबाही 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारबाही गरेको छ । उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ । 

निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारबाही गरेको हो । दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेका कारण नेपालबाट सञ्चालन हुन नसक्ने गरी कारबाही गरिएको आयोगले बताएको छ । 

आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहित उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ । यस्तै चैत २५ गतेदेखि बैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । सोही अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई गम्भीर बन्न निर्देशन दिइएको छ । 

आठ वटा मिडियालाई लिखितरुपमा सचेत गराइएको छ भने २१ वटा सञ्चार माध्यमलाई लिखितरुपमा आचारसंहित कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ