arrow

सवारी साधनका लागि अनुमति लिन दार्चुला प्रशासनको सूचना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २५ आइतबार
darchula-cdo-office.jpg

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्थानीय तह निर्वाचनको दिन सवारी साधनका लागि अनुमति लिन सूचित गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ अनुसार निर्वाचनको दिनमा सवारी साधनका लागि अनुमति लिनका लागि वैशाख २८ गतेसम्म निवेदन दिइसक्न भनेको हो । 

तोकिएको मापदण्डमा उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालय समक्ष निवेदन दिनु पर्नेछ । 

जसमा दुई वा चार पाङ्ग्रे मध्ये संस्था १ मात्र प्रयोग गर्न पाइनेछ । यसरी निवेदन परेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी सोही निवेदनमा सिफारिस गर्नुपर्ने उल्लेख छ । 

यस्तै राष्ट्रिय पर्यवेक्षकको हकमा निर्वाचन अधिकारीको सिफारिस लिई दुई पाङ्ग्रे-१ र हलुका सवारी साधन-१ प्रयोग गर्न पाइनेछ । सञ्चारमाध्यमले जिल्लास्थित पत्रकार महासङ्घको सिफारिस लिई बढीमा ५ वटा सवारी साधन प्रयोग गर्न पाउनेछ । 

यस्तै निर्वाचन कार्यालयले निर्वाचन अधिकारीको सिफारिस लिई २ वटा साधन प्रयोग गर्न पाइने उल्लेख गरिएको छ । अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटरप्याडमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी सिफारिस दिने अधिकारीको सिफारिस लिई सवारी साधनको अनुमति पत्र जारी गर्ने निकाय वा अधिकारी समक्ष पत्र पेश गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ