arrow

पाँच दलीय गठबन्धन तोड्दै पालुङटारमा जनता समाजवादीको एमालेसँग तालमेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
oli-baburam9.jpg
फाइल तस्बिर

गोरखा। सत्ता पक्षीय पाँच दलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टीले गोरखा पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ। यहाँ नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ।

नेकपा एमाले र जनता समाजवादीले मङ्गलवार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै एक आपसमा सहयोग गर्ने उल्लेख गरेका छन्। विज्ञप्ति अनुसार वडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवादीलाई सघाउने छन्। साथै, जिल्लाको अन्य पालिका र वडामा पनि एक आपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ